गोरखा – मोतिखोलामा पक्की पुल नहुँदा भिमसेन थापा -३ र आरुघाट गाउँपालिका -८ को बासिन्दाहरुलाइ आवातजावत गर्न समस्या गएको छ ।

दुई गाउँपालिकाको सिमा समाप्त र सिमा सुरु हुने ठाउँ नै यहि मोतिखोला हो । जहाँ एउटा पक्की पुल समेत नहुँदा आवातजावतलाई नै समस्या गरेको छ । यस खोलामा पुल नहुँदा बिशेष गरि आरुपोखरी -८ आले गाँउ र कौसिनी गाउँको बासिन्दालाई दैनिक उपभोग्य समान खरिदका लागि साथै बिद्यार्थी भाइबहिनीहरुको पढाइमा समेत ठूलो असर परेको छ ।

यस खोलामा पक्की पुल नहुँदा बर्षात्मा जोखिम मोलेर खोला गर्नुपर्ने बाध्यता रहेको छ । आले गाउँ र कौसिनी गाउँ जहाबाट पढ्नको लागि भिमसेन थापा गाउँपालिका -३ मा रहेको श्री संस्कृत माध्यामिक बिधालयमा जाने बिद्यार्थी तथा शिक्षकको संख्या धेरै नै रहेको छ । हिउँदमा त खोला सानो हुन्छ , तर्नको लागि खासै जटिल हुँदैन । तर जब बर्खा लाग्छ खोला तर्न नसक्ने अबस्थामा हुन्छ र आवातजावतको लागि नै ठूलो असर पर्दछ । खोला ठूलो भएकै कारणले गर्दा बिद्यार्थी पढ्नसमेत जान सक्ने अवस्था हुदैन । यहाँ पुल नभएकै कारणले पानी परेपछि पढ्न जान समेत नपाएको बिद्यार्थीहरुको गुनासो रहेको छ ।

पुल नभएको कारणले पढ्नकोलागि आरुघाट बजार गएर पढ्नपर्ने बाध्यता रहेको छ । आर्थिक अबस्था राम्रो भएको घरपरिवारले त राम्रै ठाउँमा लगेर पढाउन सक्छन् । तर आर्थिक अवस्था कमजोर भएको बुबाआमाले कसरी आफ्नो बालबालिकालाई पढान सक्छ । यहाँ पुल नभएकै कारणले र खोला ठूलो भएको कारणले बच्चा बिधालय जान नमान्ने र बिचमा नै पढ्न छाडेको समेत अभिभावकको गुनासो रहेको छ ।

यहाँ एउटा धेरै पुरानो काठेपुल त रहेको छ । तर धेरै पटक स्थानीय जुटेर मर्मत गर्दापनि खासै प्रभावकारी नभएपछि अहिले स्थानीयहरु धेरै चिन्तित भएका छन् । यो पुल दुई गाउँपालिका जोड्ने पुल हो । तर यस बिषयमा कसैलेपनि ध्यान दिएको अबस्था छैन । यसरी दुख पाउँदापनि यहाँको सरोकारवालाहरु समेत खासै लागि नपरेको स्थानीय नेता “आशिष खनाल “बताउनु हुन्छ ।

दैनिक आवातजावत गर्न नजिक पुल नहुँदा जोखिम पुर्णरुपमा मोतिखोला तर्नुपर्ने बाध्यता रहेको आरुघाट गाउँपालिका -८ कौसिनीका स्थानीय नेता तथा समाजसेवी ” डण्डपानी खनालले बताउनुभयो । उहाँले भन्नू भयो बर्षात्को समयमा त कतिबेला खोलाले बगाउँछ भन्ने डर मात्रै हुन्छ ।
यस क्षेत्रबाट संघमा राजेन्द्र बजगाई, प्रदेशमा नन्दु न्यौपाने यहाँबाट निर्वाचित हुनु भएको हो । उहाँहरुको पाँच बर्षको कार्यकालमा समेत केही भएन भने अर्को पटकको निर्वाचनमा नेतालाई गाउँ छिर्न नदिने स्थानीय बासिन्दाहरुको भनाइ रहेको छ ।