
काठमाडौं, साउन ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन् ।
ओलीले संसदीय दलको नेताको जिम्मेवारी पार्टी उपाध्यक्षसमेत रहेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई दिएका छन् । ओली गए राति नै कम्बोडिया प्रस्थान गरेका छन् । उनी त्यहाँ हुने निर्वाचन पर्यवेक्षणका लागि गएका हुन् । ओली साउन ८ गते स्वदेश फर्किने कार्यतालिका छ ।
