काठमाडौं, साउन ३ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि पनि बस्ने भएको छ ।

कांग्रेसको बैठक मंगलबारबाट पार्टी केन्द्रीय कार्यालयमा जारी छ । बैठकमा आज ४६ जनाले धारणा राखेका थिए । बैठक भोलि बिहान ११ बजे बोलाइएको पार्टीले जनाएको छ । केन्द्रीय समिति बैठक हरेक दुई महिनामा एक पटक बस्नैपर्ने विधानमा व्यवस्था भए पनि एक वर्षपछि यो बैठक बसेको हो । बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले ढिलै भए पनि बैठक बोलाइएको भन्दै धेरैले व्यंग्यात्मक शैलीले धन्यवादसमेत दिएका थिए ।