
काठमाडौं, साउन ५ । कम्तीमा प्रत्येक २ महिनामा एक पटक बस्नुपर्ने कांग्रेस केन्द्रीय समितिको बैठक नबस्दा कांग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले बोल्न पाएका थिएनन् ।
पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको आरोप लगाउँदै आएका देउवाइतरका नेताहरुले अहिले भनें खुलेरै बोलेका छन् । कांग्रेसको केन्द्रीय समितिको बैठक मंगलबारबाट पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । बिहीबारको बैठकमा केन्द्रीय सदस्य संजयकुमार गौतमले पार्टीका नेताहरु राजा महाराजाजस्तो भएको भन्दै आलोचना गरे । उनले पार्टीभित्र उनीहरुले जेसुकै गरे पनि आफूहरुले मानिरहनुपर्ने हो कि भनेर प्रश्न पनि गरे । गौतम गत महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाको समूहबाट उम्मेदवार भई निर्वाचित भएका थिए ।
गत मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भए पनि कांग्रेसले राम्रो तरिकाले त्यसको परिणामको समीक्षासमेत गरेको थिएन । विशेष गरी देउवा पक्षधर नेताले देउवाको बचाउ गरेका छन् भनें अर्कोपक्षले सभापतिले विधि विधान मिचेर एकलौटी गरिरहेको भन्दै आलोचना गरेका छन् ।
