
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुबैजना पूर्वप्रधानमन्त्री हुन् । उनीहरुले आफ्नो जीवन राजनीतिमा नै बिताएका छन् । उनीहरु दुबै पटक पटक प्रधानमन्त्री भइसकेका छन् ।
ओली र देउवाबीच धेरै कुरामा एकमत भए पनि उनीहरुको स्वभावमा भनें केही फरकपन पाइएको छ ।
देउवा यसअघि प्रधानमन्त्री हुँदा ओलीले पनि देउवाबाट फाइदा लिएका थिए । ओलीले प्रचण्ड र माधवकुमार नेपालको जति विरोध गरेका थिए त्यसको तुलनामा देउवाले ओलीबाट छुट पाए । ओलीले देउवासँग मिलेर देउवाको प्रधानमन्त्रीत्वमा भागबण्डा पाएको पनि चर्चा गरिएको छ । देउवा संविधान र लोकतन्त्रको पक्षमा खुलेरै वकालत गर्दै आएका छन्, उनी विधान र सिस्टमको पक्षमा छन् तर ओली भनें नीति, नियम, संविधान र कानुनलाई आफ्नो हातमा लिएर आफूअनुकुल प्रयोग गर्दै आएका छन् ।
ओलीले यसअघि पटक पटक प्रतिनिधिसभा भंग गरेर आफू महान भएको पुष्टि गर्न खोजे । आफ्नो सरकार संकटमा परेपछि पार्टीकै अरु मानिसलाई प्रधानमन्त्री छोडिदिनुभन्दा संसद नै विघटन गरिदिन्छु भन्ने ओलीको महत्वाकांक्षा उनको लागि घातक बनेको छ । ओलीले संसद विघटन गर्दा देउवा खासै बोलेनन् । पार्टीका नेताहरुले पटक पटक दवाव दिएपछि मात्र देउवाले ओलीको कार्यशैली गलत भएको र लोकतन्त्र र संविधान मास्न छोडेको प्रतिक्रिया दिएका थिए ।
ओली जुनसकै कुरामा पनि छिटै रिसाउने र प्रतिक्रिया दिने स्वभावका नेता हुन् । उनलाई चाकडी गरे पार्टीभित्र जे पनि पाइने भएकाले उनको वरिपरि घुम्नेहरु चाकडीमै व्यस्त हुने गर्छन् । देउवा ओलीले जस्तो आफूलाई कुनै पनि कार्यकर्ताले ‘जयजयकार ’ गरोस् भन्ने चाँहदैनन् । आफ्नो विरुद्धमा लाग्नेलाई टिक्ने नदिने ओलीको स्वभावले ओलीको गतिविधि मन परे पनि नपरे पनि नेता तथा कार्यकर्ता चुप लागेर सहन बाध्य छन् । देउवालाई पार्टीको र देशको भन्दा पनि आफ्नै बढी चिन्ता भएकाले उनी कसैको प्रतिक्रिया र टिप्पणीप्रति आलोचना गर्दैनन् ।
