काठमाडौं, साउन ८ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । साउन २ गतबाट सुरु भएको बैठक बुधबार सकिने जनाइएको छ ।
अरु दिन ११ बजे बस्दै आएको बैठक आज ३ बजेदेखि सुरू हुने छ । बैठकमा आज सभापति शेरबहादुर देउवा, उपसभापतिहरु पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोल्ने छन् । आज बोल्ने क्रम सकेर भोलि एक दिन निर्णय लेखनको समय प्रदान गरिने र बुधबार केन्द्रीय समितिको निर्णय सुनाएपछि बैठक सकिने कांग्रेस प्रचारविभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
असार २ गतेदेखि जारी बैठकमा महामन्त्रीले १० एजेन्डा प्रस्तुत गरेका थिए । आइतबारसम्म १४० केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए । यस्तै ८ सहमहामन्त्रीले आइतबार नै बोलिसकेका छन् । बैठकमा समसामयिक राजनीतिका बारेमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । अधिकांशले वालकृष्ण खाण पक्राउ परेको विषयमा पक्ष र विपक्षमा तर्क गरेका थिए ।