बैतडी, साउन ८ । बैतडीमा पहिरोले घर पुरिँदा आमा र छोराको मृत्यु भएको छ ।

पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको मृत्यु भएको पुर्चौडी नगरपालिका–२ का वडाध्यक्ष चक्रबहादुर बमले जानकारी दिए । अञ्जुका श्रीमान महेश जागरी रोजगारी गर्ने सिलसिलामा भारतमा छन् ।

मृतक अञ्जुका देवर १७ वर्षीय गोबर जागरी र सासु ४५ वर्षीय रायमति जागरीसहित पाहुना बस्न आएकी छिमेकी ६५ वर्षीय जस्मा बोहरा घाइते भएका छन् । घरको माथि सडक खनेको र त्यहीँ सडक भासिँदा घर पुरिएको जनाइएको छ ।