काठमाडौं, साउन ९ । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी आज सरकारमा सहभागी हुने भनिए पनि सरकारमा सहभागी भएन ।
केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरीले आज एक विज्ञप्ती प्रकाशित गरी केन्द्रको सहमति अनुसार मन्त्रालयको भागबण्डा नमिलेकोले सरकारमा सहभागी नभएको जनाएकी छिन् । यो पार्टीलाई एक मन्त्री र त्यही मन्त्रालयको राज्यमन्त्री दिने तयारी थियो । सुदूरपश्चिममा कांग्रेस संसदीय दलका नेता कमलबहादुर साह मुख्यमन्त्री रहेका छन् । रञ्जिता केन्द्रीय सरकारमा भूमी व्यवस्थामन्त्री रहेकी छिन् ।