डिलकुमारी नेपाल र सुवास गुरुङ

काठमाडौ । विभिन्न देशमा गएर स्वदेश फर्किएका नेपालीहरूको एक भेलाले प्रविण पौड्यालको संयोजकत्मा एक सय एक सदस्यीय स्वदेश फिर्ति नेपाली एकता मञ्च गठन केन्द्रीय कमिटी गठन गरेको छ ।

नेकपा ( एकीकृत समाजवादी ) निकट रहेका उनीहरुको आज काठमाडौंमा भएको भेलाले समितिको सह–संयोजकमा पेमसाङबो शेर्पा र सचिवमा दिपेश सिंजाली मगर रहेको कमिटी गठन गरेको हो । नेकपा एकीकृत समाजवादीका प्रवास इञ्चार्ज श्रीप्रसाद साहको प्रमुख अतिथ्यतामा भेला भएको थियो ।