
काठमाडौं, साउन १० । नेपाली कांग्रेसले टोल समितिसम्म सामाजिक सञ्जाल एकाउन्ट सञ्चालन गर्ने भएको छ ।
आज सकिएको केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय कार्यसमितिदेखि टोल समितिसम्म पार्टीको नाम, झण्डा, चुनाव चिह्न प्रयोग गरी फेसबुकलगायतका सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्ने निर्णय गरेको हो । पार्टीको नाम,झण्डा, चुनाव चिन्हको दुरुपयोग गरी व्यक्तिले सञ्चालन गरेको एकाउन्ट तत्काल बन्द गराउन सचेत गराएको छ । तत्काल बन्द नगरे कारबाही गरिने कांग्रेसको निर्णयमा उल्लेख छ ।
साउन २ गतेबाट सुरु भएको केन्द्रीय समितिको बैठक आज सकिएको छ । पार्टी सभापतिले बैठकमा उठेका प्रश्नको जवाफ दिएसँगै बैठक सकिएको हो । पार्टीको विधानमा कम्तीमा हरेक दुई महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने व्यवस्था भए पनि एक वर्षपछिमात्र यो बैठक बसेको हो ।
