काठमाडौं, साउन ११ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साउन र भदौलाई कार्यकर्ता प्रशिक्षणको महिना बनाएको छ ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको प्रशिक्षण साउनमा गरिने भएको छ । बाँकी तीन प्रदेशमा भदौमा गरिने भएको छ । रास्वपाले कोशी र लुम्बिनीको प्रशिक्षण सकिसकेको छ । गण्डकी प्रदेशको प्रशिक्षण साउन २६ र २७ पोखरामा हुने तय भएको छ । सुदूरपश्चिमको प्रशिक्षण धनगढीमा साउन १९ र २० का लागि प्रशिक्षण तोकिएको छ ।
आगामी शुक्रबार र शनिबार रास्वपाले वागमति प्रदेशको राजधानी हेटौडामा गर्ने भएको छ ।

वागमतीसहित मधेस र कर्णालीको प्रशिक्षण भदौमा गर्ने गरी पुनः मिति तय हुने प्रशिक्षण विभागका सचिव कमल सुवेदीले जानकारी दिए । प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा सभापति रवि लामिछानेसहित शीर्ष नेताले प्रशिक्षण दिनेछन् । प्रशिक्षकको टोलीमा ११ जना रहेको प्रशिक्षण विभागका सचिव सुवेदीले जानकारी दिए ।