काठमाडौं । काठमाडौंको बागबजारमा रहेको स्टडी डेस्टिनेसन सेन्टरले क्यानडा जान लागेका १ सयभन्दा बढी विद्यार्थीलाई आज एक समारोहका बीच बिदाई गरेको छ । आफ्नो स्टडी सेन्टरबाट भिसा लागेका उनीहरुलाई सेन्टरले बिदाई गरेको हो ।
सेन्टरका प्रबन्ध निर्देशक अमित खड्काले सेप्टेम्बर इन्टेकका लागि जाने विद्यार्थीलाई शैक्षिक सफलताको कामनासहित बिदाई गरिएको बताए । उनीहरुलाई त्यहाँको शैक्षिक र अन्य अवस्थाको बारेमा पनि जानकारी गराइएको खड्काको भनाई छ । ‘नयाँ देशमा जाँदा त्यहाँको सिस्टम र अन्य प्रक्रियाका बारेमा थप जानकारी दिनका लागि ‘प्रि डिपार्चर सेसन’ गरिएको हो’ खड्काले भने ‘विद्यार्थीले त्यहाँ गएर के गर्ने र के नगर्ने भन्ने विषयमा पनि प्रष्ट रुपमा जानकारी दियौं ।’

७ वर्षदेखि क्यानडामा विद्यार्थी पठाउँदै आएको सेन्टरले अष्ट्रेलिया, यूएस्ए र यूकेलगायतका देशमा पनि विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि पठाउँदै आएको छ । सेन्टरले ललितपुरको लगनखेलमा, झापाको विर्तामोड र दमकमा पनि शाखा सञ्चालन गरेको छ । १० वर्ष अघिदेखि व्यवसाय गरेर आफूलाई स्थापित गर्दै आएका खड्काले विद्यार्थीलाई सही सूचना दिनु नै आफ्नो पहिलो कर्तव्य भएको बताए ।

लगनखेलमा आशा थापाले, विर्तामोडमा भिष्म दाहालले र दमकमा रोमन आचार्यले शाखाको नेतृत्व गरेका छन् । प्रबन्ध निर्देशक खड्काले केही दिनमा नै काभ्रेको बनेपा र पोखरामा पनि शाखा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।