
झापा, साउन १३ । झापाको गौरादह नगरपालिका वडा नम्बर ३ मा आज बाल क्लव गठन भएको छ ।
वडामा रहेका वरगाछी टोल विकास संस्था र राधाकृष्ण टोल विकास संस्थाको संयुक्त प्रयासमा वरगाछी बाल क्लव गठन गरिएको स्थानीय कमल वस्नेतले बताए ।
‘दुईवटा संस्थाको सहकार्यमा क्लव गठन गरिएको हो, यसले बालबालिकाको हितका लागि विविध कार्यक्रम गर्ने छ’ आजको कार्यक्रमका सञ्चालकसमेत रहेका वस्नेतले भने ‘क्लबमा ८ देखि १६ वर्षसम्मका भाईहिनीहरु रहेका छन् ।’ वरगाछी टोल विकास संस्थाका अध्यक्ष केदार वस्नेत र राधाकृष्ण टोल विकास संस्थाको अध्यक्ष जगत अधिकारी रहेका छन् ।
३० जना अभिभावक र ५३ जना बालबालिकाको आज वडा नम्बर ३ को जगदिश्वर शिवालय मन्दिरमा भएको भेलाले दुई वर्षका लागि ५ जना पदाधिकारी र ६ जना सदस्य रहेको कार्यसमिति चयन गरेको छ ।
क्लवको अध्यक्षमा सुजल खतिवडा, उपाध्यक्षमा प्रतिमा कार्की, सचिवमा सुजन पोख्रेल, सह–सचिवमा खुस्बु गौतम, कोषाध्यक्षमा रचना चौहान र सदस्यहरुमा मिलन पौडेल, किसुन कार्की, आरुषी परियार, अरुना तामाङ, रिङ्छेन तामाङ, याक्थुव सोरेन रहेका छन् ।
