काठमाडौं, साउन १५ । शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा ७ दिनपछि हुने गरी सारेको छ ।

आज आयोगले सूचना प्रकाशित गरी लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षासँग त्यो दिनको परीक्षा जुध्न गएकाले असोज १३ गतेलाई सारिएको जनाएको छ । परीक्षा हुने समय र स्थान भने परिवर्तन गरिएको छैन । आयोगले प्रावि तहमा शिक्षक पदको लागि ६ हजार १३ रिक्त दरबन्दीमा पदपूर्तिका लागि परीक्षा सञ्चालन गर्न लागेको हो ।