काठमाडौं, १६ साउन । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन  नयाँ बानेश्वरमा  बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि जेलमा रहेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । यसैगरी हिजो नै तय भएको कार्यसुची अनुसार राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको  पत्र पढेर सुनाइने छ ।