
काठमाडौं, १६ साउन । वाग्नर समूहका लडाकुहरू पोल्याण्डका लागि समस्या बनिरहेका छन् । पोल्याण्डका प्रधानमन्त्री माटियाज मोराविस्कीले पनि यो कुरा स्वीकार गरेका छन् ।
एक पत्रकार सम्मेलनमा मोराविएकीले वाग्नर समूहका सेनाहरू बेलारुस र कालिनिनग्रादबीचको पोलिश क्षेत्रको रणनीतिक क्षेत्र सुवाल्की ग्यापको नजिक पुगेका थिए । यसका कारण पोल्याण्डका लागि खतरा बढ्दै गएको प्रधानमन्त्री आफैंले स्वीकार गरेका छन् । पोल्याण्डको सरकारले रुस र बेलारुसले ईयू देशहरूलाई अस्थिर बनाउन आप्रवासीहरूलाई प्रयोग गरेको आरोप लगाएको छ।
