काठमाडौं, १६ साउन । सुन तस्करीको सुई माओवादीतिरै घुम्ने नेकपा (एमाले) का नेता बिष्णु रिजालको भनाई छ । नेता रिजालले सुन तस्करी प्रकरणको छानबिन गर्न सरकारले आनाकानी गरिरहेको बेला सो आरोप लगाएका हुन् ।

‘सुन तस्करीको सुई जताबाट घुमाए पनि माओवादी नेताहरुतिरै सोझिएको छ । पक्राउ परेका चिनियाँ नागरिकको उनीहरुसँग फोन सम्पर्क, खानपिन, उठबस, नातासम्बन्ध र मित्रताले नै कसका आडमा तिनले नेपालमा आएर यति ठूलो अपराध गरिरहेका रहेछन् भन्ने छर्लंग हुन्छ,’ उनले भनेका छन् , ‘छानबिन गर्ने र नगर्ने सरकारको कुरा भयो, यति ठूलो तस्करीमा कसको संलग्नता छ भन्नेमा अब कुनै दुविधा रहेन । ’

उनले सरकारले छानबिनलाई प्रभावित गर्ने काम पनि गरिरहेको समेत जनाएका छन् । ‘अपराधको तहमा सरकारी निकायले गरिरहेका छानबिनलाई प्रभावित नगरी संसदीय छानबिनमात्र होइन, हिम्मत भए सरकारले न्यायिक आयोग गठन गरेर छानबिन गरोस्, सबै खुल्छ ।’