
काठमाडौं । अर्थ मन्त्रालयबाट पाउनुपर्ने रकम अझै पनि पाउन नसकेको स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालस्थित विश्व बैंकका प्रतिनिधिहरुसँगको भेटपछि सञ्चारकर्मीसँग स्वास्थ्यमन्त्री बस्नेतले निकै मेहेनतपछि अर्थ मन्त्रालयले कटौती गरेको बजेट पनि दिएको बताए ।
उनले भने ‘ स्वास्थ्य मन्त्रालयको ४० प्रतिशत बजेटको सिलिङ घटाएको थियो हामीले प्रयास गरेपछि अर्थ मन्त्रालयले १० अर्व ११ लाख पैसा दुई पटक गरी थपेको छ,त्यति हुँदाहुँदै पनि २० प्रतिशत बजेट कटौती भएको छ । त्यसमा सूर्तिजन्य पदार्थमा उठेको ६ अर्ब वार्षिकमा पनि मन्त्रालयले ४० करोड मात्र पाएको छ, त्यसैले सूर्तिजन्यबाट उठेको पैसा र कोभिडको बेला खर्च गर्ने भनेर प्राप्त गरेको पैसा पनि अर्थ मन्त्रालयमा छ । ’
