काठमाडौं, १६ साउन । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् ।

एमालेका एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री पदमा दावी गर्न प्रदेशसभा प्रमुख परशुराम खापुङ्गले आह्वान गरे । सो क्रममा कांग्रेसका थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दा सभामुख गौतमले हस्ताक्षर गरे । सोविरुद्ध एमाले संसदीय दलका नेता कार्की सर्वोच्च अदालत पुगेका थिए । उनको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले सरकार बनाउन सभामुखको हस्तक्षरलाई वैधता नदिएपछि थापाको सरकार नै ढलेको थियो ।