
काठमाडौं, १७ साउन । आज कोशी प्रदेश सरकारका लागि दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ लिँदैछन् । सर्वोच्च अदालतले यसअघि भएको नियुक्ति बर्खास्त गरे पछि पुनः हिजो मुख्यमन्त्रीमा नियुक्त भएको थापाका शपथग्रहण आज हुन लागेको हो ।
सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर सतारूढ गठबन्धनले हिजो ४७ सदस्यको समर्थनमा थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेको थियो । लगत्तै बहुमत सदस्य पुर्याएर पुनः नियुक्ती भएका मुख्यमन्त्री थापाले सपथ ग्रहणसँगै आजै सानो आकारको मन्त्रिपरिषद विस्तारको तयारी गरेको बुझिएको छ ।
गत असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बनेका थापालाई नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै साउन ११ गते सर्वोच्च अदालतले पदमुक्त गरेको थियो ।
