
काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ । आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो ।
३८५ सदस्यीय केन्द्रीय समितिलाई ४०७ सदस्यीय बनाउने माओवादीको तयारी छ । यसका लागि केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेस गरिँदैछ । माओवादी केन्द्रको पाँच दिने केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ ।
