
काठमाडौ, १७ साउन । आज प्राइम कमर्सियल बैंकको १३ लाख ५० हजार १० कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिने छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्ने छन् ।
संस्थापक सेयरको प्रतिकित्ता भाउ १२० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्ने छन् । यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।
