काठमाडौ, १७ साउन । निर्वाचनका बेलामा अघि सारेका प्रतिबद्धता पूरा गर्न बाँकी रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बताएका छन् ।

आज सांसद निर्वाचित भएको सय दिन पूरा भएको अवसरमा आफ्नो निर्वाचन क्षेत्र चितवन – २ का मतदाताहरुसँग भेटघाट गर्दै सांसद लामिछानेले आफुमाथि देशैभरिको बारेमा सोच्नु पर्ने जिम्मेवारी आएको बताएका छन् । सभापति लामिछानेले भने ‘ ममाथि देशैभरिको बारेमा सोच्नुपर्ने जिम्मेवारी आएको छ, आफुले निर्वाचनमा बोलेका कुराहरुलाई अगाडि सार्ने र त्यसको लागि धेरै काम गर्न बाँकी रहेको छ । ’आजबाट सांसद लामिछानेले औपचारिक रुपमा चितवन २ का मतदाताहरुको लागि सचिवालय पनि स्थापनासमेत गरेका छन् ।

सभापति लामिछानेले चितवन २ प्रतिको आफ्नो दायित्व भने नभूल्ने बताएका छन् ।