काठमाडौं, १७ साउन । निर्माणाधिन संसदको भवन निर्माणलाइ थप तिब्रता दिनु पर्ने सभामुख देवराज घिमिरेले आवश्यकता औल्याएका छन् । निर्माणाधिन संसदको भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिने क्रममा उनले भवन निर्माणको प्रगति प्रति असन्तुष्टि जनाएका हुन् ।

सभामुख भने ‘निर्माणाधिन संसद भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिएको छु । भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ६२ दशमलव १० प्रतिशत रहेको अवस्था छ । हिउँदे अधिवेशन गर्ने गरी काम भइरहे पनि अझै थप तीब्रता दिनुपर्ने सुझाव दिएको छु । भवनको प्रगतिबारे नियमित जानकारी लिने क्रम निरन्तर रहनेछ ।