काठमाडौ, १७ साउन । सरकारले ल्याएको बजेटले सबै क्षेत्रलाई समेट्न नसकेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बताएका छन् । आज राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार समन्वय समितिद्धारा आयोजित कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले अहिलेको जस्तो बजेट योजना, बजेट छलफल र वितरण गर्ने प्रणालीले देशको विकास नहुने बताएका छन् ।

अध्यक्ष तिमल्सिनाले भने,‘अहिलेको जस्तो बजेट योजना, बजेट छलफल र वितरण गर्ने प्रणालीले हामी कही पुग्न सक्दैनौ । सबैको अन्तर विरोध र व्यवहार समानतापूर्ण छैन् । देशको प्रधानमन्त्री हुन नसक्ने देशको अर्थमन्त्री हुन नसक्ने अनि कसरी मुलुक चल्छ ? ’

अध्यक्ष तिमल्सिनाले जनताद्धारा निर्वाचित नेताहरुले स्थानीय तहको समस्याहरु पहिचान गर्न नसकेको भन्दै आफ्नो निर्वाचन क्षेत्रमा गएर कसरी स्थानीय तहलाई बलियो बनाउने भन्नेबारे सोच्नुपर्ने बताएका छन् ।