काठमाडौं, १८ साउन । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आज संवैधानिक परिषदको बैठक बस्दैछ ।

गत मंगलवार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठक आज बोलाइएको हो । बैठक साँझ ५ बजे बस्ने छ । आज बस्ने बैठकले सम्भवतः प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने बुझिएको छ ।

आगामी साउन २० गतेदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने र सर्वोच्च अदालत पहिला झै कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना भएपछि संवैधानिक परिषद बैठक बस्न लागेको हो ।