काठमाडौ, १८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरि बैठक बोलाइएको हो । बैठकमा पार्टीको राजनीतिक दस्तावेज, पहिलो महाधिवेशन, केन्द्रीय सदस्य थप लागतयतका विषयमाथि छलफल हुनेछ ।

पार्टीको राजनीतिक दस्तावेजलाई अन्तिम रूप दिने र आगामी मंसिरदेखि तल्ला कमिटीको अधिवेशन थाल्ने रास्वपाको तयारी छ । रास्वपामा १ सय २१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था रहे पनि अहिलेसम्म ३९ जना केन्द्रीय सदस्यमात्र मनोनीत भएका छन् ।