काठमाडौ, १८ साउन । नेकपा (एमाले) ले अवरुद्ध गरेपछि राष्ट्रिय सभाको बैठक चारदिन पछि बस्ने गरी स्थगित भएको छ । एमाले सांसदले सुन तस्करी प्रकरणमा छानविनका लागि उच्चस्तरीय समिति नबनाएसम्म बैठक चल्न चदिने बताएपछि बैठक यही साउन २२ गते बस्ने गरी स्थगित भएको हो ।
बिहिवार बसेको बैठकको सुरुमै सांसद भैरव सुन्दर श्रेष्ठले, सुन प्रकरणबारे उच्चस्तरिय समिति नबनेसम्म बैठक चल्न नदिने पार्टीको निर्णय भएको बताएपछि एमालेका सबै सांसद उठेर बैठक अवरुद्ध गरेका थिए । सभाध्यक्ष गणेश तिमिल्सिनाले, बारम्बार बैठक अघि बढाउन दिन आग्रह गरेपनि एमाले सांसदले नमानेपछि बैठक स्थगित भएको हो ।