काठमाडौं, साउन १८ साउन । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् ।

आज बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको परिषदका एक सदस्यले जानकारी दिए । प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण साउन २० देखि अवकाश हुँदैछन् । परिषदको सचिवालयले अब श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिमा पठाउने छ । समितिबाट नाम अनुमोदन भएमा श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश बन्ने छन् ।

उनलाई संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्ने छ । समितिमा सदस्यहरुले राखेका जिज्ञासाको जवाफ श्रेष्ठले दिनुपर्ने छ । समितिमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरु सदस्य रहेका छन् ।