बुटवल, साउन १८ । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति नै आवश्यक पर्ने बताएका छन् ।

हिजो रुपन्देहीको बुटवलमा आयोजित कार्यक्रममा उनले सरकारले गरिरहेको छानबिनप्रति शंका रहेको बताए । केही दिनअघि त्रिभुवन विमानस्थलबाट ठूलो परिणाममा सुन पक्राउ परेको थियो । गृहमन्त्री र अर्थमन्त्री नै यो काण्डमा संलग्न रहेको भन्दै एमालेले पटक पटक संसद अवरोध गर्दै आएको छ । एमालेले ती दुइजना मन्त्रीको राजीनामासमेत माग्दै आएको छ ।