काठमाडौं, साउन १९ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता चौधरीले सहकारीपीडितहरूको रकम सरकारले उपलब्ध गराउने बताएकी छिन् ।
आगामी दुई महिनाभित्रै आवश्यक सम्पूर्ण आन्तरिक तयारी पूरा गरेर सहकारी पीडितहरुलाई सरकारले नै पाउनुपर्ने रकम उपलब्ध गराउने मन्त्री चौधरीको भनाई छ । सहकारीसम्बन्धी समस्या समाधान गर्नका लागि लामो समयदेखि निष्क्रिय रहेको कार्यविधि तथा ऐन कार्वान्वयनमा लगिने उनले बताइन् । सहकारी ऐन २०७४ र नियमावली २०७५ मा व्यवस्था भए पनि निस्क्रिय बन्दै आएको विभिन्न ऐन तथा कार्यविधिहरू तत्काल कार्यान्वयनमा लैजान मन्त्री चौधरीले निर्देशन दिएकी छिन् ।