
काठमाडौं, १९ साउन । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समितिमा २४ जना महिला थपेको छ ।
केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थपेको हो । थपिएका केन्द्रीय सदस्य महिलाहरू आजदेखि केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् । यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए । हाल माओवादी केन्द्रको केन्द्रीय समितिमा ३ सय ८५ जना छन् । २२ जना महिला थप गरेपछि केन्द्रीय समितिको संख्या ४०७ पुगेको छ । बुधबारबाट सुरु भएको केन्द्रीय समितिको बैठक ५ दिनसम्म चल्ने पार्टीले जनाएको छ ।
