काठमाडौं, २१ साउन । नेकपा ( माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । गत बुधवारदेखी सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म झन्डै २ सय जना केन्द्रिय सदस्यले आ–आफनो धारणा राखिसकेका छन् । हिजोको बैठकमा बर्षमान पुन, जर्नादन शर्मालगायतका नेताले आफनो धारणा राखेका थिए ।

मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।