![](https://aalochanadainik.com/wp-content/uploads/2023/07/Mitsubishi-1230x100-F02.gif)
काठमाडौ, २१ साउन । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ३०० रुपैयाँले बढेको हो । यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रवार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने स्थिर रहदै तोलाको १ हजार ४२५ रुपैयाँ नै कायम भएको छ। गत शुक्रबार पनि भाउ स्थिर रहदै चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।
![](https://aalochanadainik.com/wp-content/uploads/2023/07/1230x100.gif)