
काठमाडौ, २१ साउन । शक्तिमा पुगेपछि मानिस भूप शेरचनले लेखेको कविता ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ जस्तो हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बताएका छन् ।
आज काठमाडौंमा आयोजित बिसे नगर्ची विशेषाङ्क बिमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री किराँतीले टाउको दुखेको औषधि नाइटोमा लगाउने दलहरुको प्रवृति पनि उस्तै रहेको उल्लेख गरेका छन् ।
मन्त्री किराँतीले भने ‘ टाउको दुखेको औषधि नाईटोमा लगारइहेका छन् त्यसैले जुनसुकै पार्टी जुन सुकै व्यक्ति कुर्सीमा पुगेपछि भुपि शेरचानको कविता जस्ते मान्छे घुम्ने कुर्सीमाथि बसिहरेको हुन्छ,अन्धो मान्छे जस्तो हुन्छ । ’
आम जनतालाई सहभागि गराएर चलाएको अभियान मात्र सफल हुने बताएका छन् । समाजवादमा कोही सानो ठूलो नहुने र यस्ता खालको बहस नेपाली समाजमा ओझेलमा परेको मन्त्री किराँतीले भनाई छ ।
