काठमाडौं, २३ साउन । भारी वर्षाका कारण देशैभरी पहिरो र डुबान भएको छ । काठमाडौंमा रातभरी परेको पानीले बाग्मती, विष्णुमती र अन्य साना खोला किनाराका बस्तीहरू डुबानमा परेका छन ।
सोमवार राती परेको अविरल वर्षाका कारण काठमाडौंको सामाखुसीलगायतका क्षेत्र डुबानमा परेका छन् भने अन्य क्षेत्रमा पनि उतिकै प्रभाव परेको छ । मौसम विज्ञान विभागले दिउँसो १२ बजेसम्म अवस्था अझै भयाबह नै हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
उता, पहिरोको कारण मुग्लिङ नारायणगढ खण्ड अवरूद्द हुन पुगेको छ भने सिदार्थ राजमार्ग, मदन भण्डारी राजमार्गका बिभिन्न सडक खण्डमा पहिरो झरेका कारण सडक यातायात सञ्चालन अवरूद्द हुन पुगेको छ ।