
सल्यान, साउन २३ । सल्यानमा एक युवकले लठ्टी प्रहार गरी आमाको हत्या गरेका छन् ।
शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको आज बिहान हत्या गरेका हुन् । आमाबुवा सुत्ने कोठामा गई लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयो । नविनलाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
