विराटनगर, २३ साउन । कोशी प्रदेश सरकारले बुधबार (भोलि) सार्वजनिक बिदा दिएको छ ।

विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर बिदा दिने प्रदेश सरकारले निर्णय गरेको हो । अगष्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको मान्यता दिएको भन्दै प्रदेशका आदिवासीको भावनालाई सम्बोधन गरेर बिदा दिएको प्रदेश सरकारले जनाएको छ ।