काठमाडौं, साउन २३ । नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा टोकराज पाण्डे नियुक्त भएका छन् ।

अर्थमन्त्रीस्तरीय निर्णयबाट पाण्डे टेलिकमको सञ्चालक समितिमा नियुक्त भएका हुन् । साउन १० गते नियुक्त भएका पाण्डेले साउन २२ गते हिजो पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल टेलिकमको सञ्चालक समितिमा अर्थ मन्त्रालयको तर्फबाट एक जना सह–सचिवलाई पठाउने व्यवस्था अनुरुप पाण्डेलाई नियुक्त गरिएको हो । पाण्डे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुखसमेत रहेका छन् ।