
काठमाडौं, २४ साउन । कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
संसारभरि अगष्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको रुपमा मनाउँदै आएको बेला ‘पहिचानको आन्दोलन’ भइरहेको सो प्रदेशमा पहिलोपटक सार्बजनिक बिदा दिइएको हो ।
प्रदेश नामाकरणको विषयलाई लिएर लामो समयदेखि आन्दोलनरत सो क्षेत्रको भावनाको कदर गर्दै पहिलो पटक आदिवासी तथा जनजाति दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको जनाईएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरेपछि बिदाको जानकारी सर्बसाधारणले पाएका हुन् । प्रदेश सरकारले दिएको बिदा संघीय सरकार मातहतका निकायमा पनि लागू हुने मन्त्रालयले जनाएको छ।
प्रदेश सरकारले केही बिदाहरु आफु अनुसार गर्न पाउने अधिकार संघीय सरकारले छुट्याएको छ । सोही आधारमा कोशी प्रदेशले आज सार्वजनिक बिदा दिएको हो ।
