
काठमाडौं, २४ साउन । ३३ केजी सुन नेपाल भित्र्याउँदा कांग्रेसको सरकार रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता विष्णु रिजालले जनाएका छन् । आज सामाजिक सञ्जालमार्फत नेता रिजालले सो सुन ल्याउँदा कांग्रेस नेतृत्वको सरकार रहेको जनाएका हुन् । संसदमा सुन प्रकरणलाई लिएर वादविवाद भइरहँदा रिजालको यस्तो टिप्पणी आएको हो ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘३३ किलो सुन विमानस्थलबाट बाहिरिँदा शेरबहादुर देउवा प्रम र गृहमन्त्री हुनुहुन्थ्यो, ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री, यो घटना ०७४ माघ ८ गतेको हो,’ उनले भनेका छन, ‘केपी ओली प्रधानमन्त्री ०७४ फागुन ३ गते हुनुभएको हो । त्यसबेलासम्म तस्करहरुले सुन पुर्याउनुपर्ने ठाउँमा पुर्याइसकेका थिए ।’
