काठमाडौं, २४ साउन ।देशभित्र रोजगारीको वातावरण सिर्जना गर्न नसक्दा युवाहरु विदेशिने क्रम जारी रहेको नेकपा (माओवादी केन्द्र) का नवनियुक्त प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् ।
आज काठमाडौंको नेकपा माओवादी पार्टी कार्यलयमा आयोजित प्रवक्ता र पत्रकारबीच भेटघाट कार्यक्रममा प्रवक्ता सापकोटाले युवाहरु बाहिरिएको प्रसंग मर्माहत पार्ने खालको रहेको बताएका हुन् ।
उनले भने ‘युवा बाहिरिएका छन् भन्ने कुरा सबै जानेको कुरा हो । उसै त छाती कमलो झनै घोप्यो झिरैले भने जस्तो । यसै त मर्माहात पार्ने खालको छ । रोजगारीका वातावरण सिर्जना गरेका छैनौं । ’
प्रवक्ता सापकोटाले विदेश पलायन रोक्ने भाषण धेरै भएको तर काम नभएको चर्चा गर्दै भने ‘यो देशलाई सकेसम्म मातृभुमिको दोहन गर्ने मान्छेहरु नै आज अन्त गएर यहाँ च्यालेन्ज गर्दै छन् । अन्त गएर यहाँ च्यालेन्ज गर्ने हैन् । काम गरेर देखाउने हो । ’उनले युवा पलायन हुने विषयप्रति आफु गम्भीर भएको पनि बताए ।