
काठमाडौं, साउन २५ । नेपाल सम्बो फेडेरेसनको तदर्थ कमिटीको अध्यक्षमा पुरुषोत्तम सिम्खडा चयन भएका छन् ।
फेडेरेसनले बुधबार विज्ञप्ती प्रकाशित गरी समयमा निर्वाचन गर्न नसकेकाले तदर्थ समिति गठन गरेको जनाएको छ । तदर्थ समिति अध्यक्ष सिम्खडाले प्रकाशित गरेको विज्ञप्तीमा अबको तीन महिनाभित्र साधारणसभासँगै निर्वाचन पनि गर्ने जनाइएको छ । साउन ६ गते बसेको बैठकले तदर्थ समिति बनाउने निर्णय गरेको जनाइएको छ । खेलकुद ऐन नयाँ नियम लागू भएबमोजीम तदर्थ कमिटी गठन गरिएको विज्ञप्तीमा उल्लेख छ । फेडेरेसनले राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिवलाई पत्र लेख्दै स्विकृतिका लागि अनुरोधसमेत गरेको छ ।
फेडेरेसनले संरक्षकसहित १० पदाधिकारी र ७ जना सदस्य रहेको १७ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको संरक्षकमा धनन्जय श्रेष्ठ, अध्यक्षमा पुरुषोत्तम सिम्खडा, उपाध्यक्षमा राजकुमार श्रेष्ठ, रमेश पौडेल, बाबुराजा महर्जन, उत्तम श्रेष्ठ, प्रकाश जि.एम्, महासचिवमा कृष्णबहादुर राउत, सचिवमा मदन पौडेल, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ रहेका छन् । त्यसैगरी सदस्यहरुमा सागर थापा, रामवती दास, रन्जन विडारी, राजकुमार पाठक, सब्बा रानी महर्जन, मनदेवी श्रेष्ठ र राजकुमार श्रेष्ठ रहेका छन् ।
