
काठमाडौं २८ असार । चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गर्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्याली निकालेर प्रर्दशन गरेको छ । आज डा.गोविन्द केसी र चिकित्सा शिक्षा ऐनका कारण नर्सिङ कलेजहरु बन्द भएको भन्दै माइतीघरमा नर्सिङ कलेज सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरुले ¥याली निकालेका छन् ।
समितिले बिहीबार १४ बुँदे माग राख्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमबाट आफ्नो माग सरकारले सम्बोधन नगरेको आन्दोलनमा उत्रिनु परेको चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका संयोजक निर्मल सापकोटाले बताए ।
सरकारले नीति एउटा र नीतिको व्याख्या गलत रुपमा गरेकाले आफूहरु बाध्य भएर तेस्रो चरणको आन्दोलन सुरु गर्नु परेको बताएका उनले सरकारको ऐन कानून देशी भन्दा विदेशी शिक्षण संस्थाको हितमा रहेको दाबी गरेका छन् ।
उनले भने, ‘देशका नीति,नियम,ऐन,कानूनहरु एक किसिमले बनेका छन् तर,ति निती,नियम, ऐन र कानूनहरुलाए गलत किसिमले व्याख्या गर्दै शिक्षा क्षेत्रलाई नियोजन गर्ने शिक्षा क्षेत्रका कार्यरत विश्वविद्यालय,प्रतिष्ठान,शिक्षालय,निजी शिक्षालयहरु,शिक्षक कर्मचारीहरुको सबैको अहितमा हुनेगरी र विदेशी विश्वविद्यालय र शिक्षण संस्थाहरुलाई हित हुने गरी ऐनको कार्यान्वयन भैरहेको छ । त्यसको हामी विरुद्धमा छौं ।’
