काठमाडौं, ३० साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्बजनिक गरेको छ ।जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०३ पैसा रहेको कायम गरिएको छ भने युरो एकको खरिददर १४४ रूपैयाँ ९३ पैसा र बिक्री दर १४५ रूपैयाँ ५९ पैसामा खरिदबिक्री हुनेछ ।

बेलायती पाउण्ड एकको खरिददर १६८ रूपैयाँ १७ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९३ पैसामा कारोबार हुँदा अस्ट्रेलियन डलर एकको खरिददर ८६.५ रुपैयाँ रहेको छ भने बिक्रीदर ८६.४४ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९४ पैसामा किनबेच हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १३ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९३ पैसा र बिक्रीदर ९ रूपैयाँ ९७ पैसा कायम गरिएको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिददर ३६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५२ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३ रुपैयाँ रहेको छ भने बिक्रीदर ३५.४६ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिददर २८.६८ रुपैयाँ रहेको छ भने बिक्रीदर २९.८१ रुपैयाँमा कारोबार हुनेछ । साथै, कुवेत दिनार १ को खरिदमूल्य ४३०.४८ पैसा विक्रीदर ४३२.४४ पैसा कायम गरिएको छ ।