
काठमाडौ, ३० साउन । नागरिक उड्ययन तथा पर्यटन मन्त्री सुदन किराँतीले पर्वतारोहण क्षेत्रको विकासका लागि ८ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गर्न सकिने सहितको व्यवस्था राखेर पर्वतारोहण सम्बन्धी नियमावली संशोधन गर्न लागेको बताएका छन् ।
आज काठमाडौंमा एक कार्यक्रममा किराँतीले नियमावली संशोधन गरेर ग्लाइडरका लागि सहज बनाउने बताएका हुन् । उनले नेपालमा पवर्तारोहणको क्षेत्रको विकासका लागि हाल भएको कानून पुरानो भएको र समयानुकूल परिमार्जनको खाँचो रहेको औंल्याएका छन् ।
मन्त्री किराँतीले एक सगरमाथा आरोहीले चुचुरोमा पियानो बजाउँदा द्दण्डित गर्न बाध्य भएको पुरानो कानूनी प्रावधानलाई स्मरण गर्दै पर्वतारोहण नियमावली संशोधन गर्दा ८ हजार मिटर उचाइको हिमालबाट प्याराग्लाइडिङ गर्न सक्ने व्यवस्था राखेको बताए ।
