काठमाडौं, ३० साउन । काठमाडौंको ठमेलमा रहेको नाइट क्लब लर्ड अफ् द ड्रिङ्क्स (एलओडी) मा राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ । विभागको टोलीले एलओडीमा छापामा मारेर कागजात नियन्त्रणमा लिएको छ ।

गत शुक्रबार विभागको टोलीले छापा मारेर कागजात लिएको हो । ग्राहक बनेर गएको निर्देशकसहितको विभागका टोलीले छापा मारेको हो । नियन्त्रणमा लिएको एलओडीको कागजातमाथि विभागले अनुसन्धान गरिरहेको छ ।