काठमाडौं । १२ कक्षाको शैक्षिक प्रमाणपत्रको विषयमा विवादित भएका नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसद डा. सुनिलकुमार शर्मा भदौ ३ गते आइतबार काठमाडौं आउने भएका छन् ।

उनी अहिले आफ्नो निर्वाचन क्षेत्रमा रहेका छन् । उनी मोरङ–३ बाट निर्वाचित सांसद् हुन् । प्रमाणपत्र नक्कली भएको आरोप लागेपछि उनलाई केही दिनअघि प्रहरीले पक्राउ गरेर भोलिपल्ट थुनामुक्त गरेको थियो । उनलाई पक्राउ गरेपछि उनको क्षेत्रमा शुभचिन्तकहरुले नारा जुलुस गरेका थिए । विराटनगरमा नोबेल मेडिकल सञ्चालन गर्दै आएका उनले अस्पतालमा धेरै बिरामीलाई निःशुल्क उपचार पनि गर्दै आएका छन् ।