काठमाडौं, साउन ३२ । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।

राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउन लागेको राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले जानकारी दिए । सबै नेताको समय मिलाएर बैठक बोलाउने तयारी भएको थापाले बताए । बैठक छिट्टै बोलाइने भए पनि मिति भने तय भइसकेको छैन ।