काठमाडौं भदौ २ गते । सबै मिलेर खेलाडी र खेल क्षेत्रलाई माथि उठाउनुपर्ने युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एसियन यू २० रग्बी सेभेन्स प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री लिम्बूले पर्यटनसँग खेल क्षेत्रलाई जोडेर देश विकासलाई अगाडि बढाउन खेल क्षेत्रमा संलग्न सबैलाई आग्रह गरेका छन् ।
उनले रग्बी खेलाडीहरुलाई शुभकामना दिदै खेल क्षेत्रको प्रवद्र्धन र विकासको लागि त्यसलाई पर्यटनसँग जोडेर लानुपर्ने धारणा राखे । उनले भने, ‘धेरै खेलाडीहरुलाई नेपालमा भित्र्याएर खेलको प्रवद्र्धन गर्दै हामी पर्यटनसँग जोडेर आर्थिक गतिविधि बढाउने र यो देशको समृद्धिलाई अगाडि बढाउने कुरामा यो खेल क्षेत्रमा लागेका सबै पदाधिकारीहरु, प्रशिक्षकहरु र खेलाडी साथीहरु सबैलाई म विशेष आग्रह गर्न चाहन्छु ।’ खेलकूद र खेल क्षेत्रबाटै सबैलाई जित्न सक्ने बताएका मन्त्री लिम्बूले खेलाडीलाई माथि उकास्न सबै मिलेर लाग्न्नपुर्नेमा जोड दिए ।